लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चीनमा उडिरहेको विमानमा यात्रीले चालकदलका सदस्यलाई धम्काएपछि...

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, वैशाख ३ । एअर चाइनाको विमानमा एक यात्रीले चालकदलका एक सदस्यलाई पेन देखाइ धम्की दिएपछि विमान हेनान प्रान्तको विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ ।

आइतबार चीनको बेइजिङबाट चाङसाका लागि उडान भरेको एअर चाइनाको ‘सीए १३५०’ विमान उडान भर्नेबित्तिकै ती यात्रीले फाउन्टेन पेन देखाइ चालकदलका सदस्यलाई धम्की दिएपछि विमानलाई आपत्कालीन अवतरण गराइएको थियो । त्यसपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइयो ।

हेनानको विमानस्थलमा आपत्कालीन अवतरण गरेको सो विमानले केही घन्टापछि फेरि उडान भरेको थियो ।

पक्राउ पर्ने व्यक्ति ४१ वर्षका छन् । उनी मानसिक रोगी भएको जनाइएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework