लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अमेरिकी प्रतिबन्धको बदला लिने इरानको चेतावनी

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २९ । इरानले प्रधानन्यायाधीश आयोतुल्लाह सादिक अमाली लाजिरानीमाथि अमेरिकाले गरेको प्रतिबन्धको घोषणाले सबै सीमा नाघेको भन्दै रोष प्रकट गरेको छ ।

इरानी विदेश मन्त्रालयले अमेरिकी प्रतिबन्धको बदला लिने जनाएपनि कस्तो खालको बदला भन्ने उल्लेख गरेको छैन ।

अमेरिकाले मानवअधिकार हनन गरेको भन्दै लाजिरानीसहित अन्य १३ जना इरानी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथिको प्रतिबन्धमा राहत दिने समय अन्तिम पटक बढाउने घोषणा गर्दै यसले युरोप र स्वयं अमेरिकालाई पनि सन् २०१५ को परमाणु सम्झौताको खतरनाक त्रुटीबारे थाहा पाउन अन्तिम समय मिल्ने बताएका छन् ।

सन् २०१५ मा तात्कालीन ओबामा सरकारले इरानको परमाणु कार्यक्रमका विषयमा महत्वपूर्ण सम्झौता गरेको थियो । तर, राष्ट्रपति ट्रम्प यो सम्झौताको विपक्षमा रहेका छन् । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework