लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अन्तर्राष्ट्रिय मिडियामा भविष्यवाणीले हलचल, ट्रम्प फेरि राष्ट्रपति बन्छन्, अमेरिकाले पाउँदैछ कान्छो राष्ट्रपति !

शुक्रबार, ४ फागुन, २०७४ मा प्रकाशित,

वासिंटन, फागुन ४ । अमेरिकामा एक युवकले सन् २०३० सम्म आफू पुगेको दावी गर्दै त्यतिन्जेल हुने विभिन्न घटनाक्रम सार्वजनिक गरेका छन् ।

नोह नाम गरेका ती युवक अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा चर्चितसमेत भएका छन् । विभिन्न रेडियो तथा टेलिभिजनमा उनको अन्तरवार्ता आउन थालेको छ । यतिमात्र होइन, उनका भनाइलाई अन्तरवार्ताकै क्रममा झुठो पत्ता लगाउने मेसिन (लाइ डिटेक्टर)मार्फत जाँचसमेत गरिएको छ, जसमा उनी सही साबित भएका छन् ।

उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को कार्यकालका लागि पनि निर्वाचित हुने बताएका छन् । सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी हुने उनको दावी छ ।

सन् २०३० मा अमेरिकाको राष्ट्रपतिमा मार्टिन लुथर किंगको नातिनी योलान्डा रेनी किंग हुने पनि उनको दावी छ । उनी त्यतिबेला २१ वर्षकी हुनेछन् । भविष्यवाणी गर्दै उनले भने, ‘उनीहरुले कानूनमा सुधार गर्नेछन् र सन् २०३१ मा अमेरिकाले सबैभन्दा कान्छो राष्ट्रपति पाउनेछ ।’

उनले ट्रम्पपछि निर्वाचित हुने राष्ट्रपतिको नाम भने बताएनन् । उनले भने, ‘म नाम भन्न सक्दिनँ किनकि, उहाँले केही नराम्रो काम गर्नुहुनेछ । उहाँ अहिले नै राजनीतिक व्यक्तित्वका रुपमा हुनुहुन्छ । त्यसैले म उहाँको नाम लिन चाहन्नँ ।’

उनले आउँदा वर्षमा यान्त्रिक मानवले घर–परिवारमा महत्वपूर्ण स्थान लिने दावीसमेत गरेका छन् । सन् २०२० मा मोबाइल फोन अपेक्षा गरिएभन्दा धेरै ठूला आकारका आउने पनि उनले बताए ।

त्यस्तै सन् २०२८ मा मानिस मंगलग्रहमा जान थाल्ने र सोही वर्ष टाइम ट्राभल र टाइम मेसिनको प्रयोग आमरुपमा हुने पनि बताए ।

आउँदा वर्षमा क्यान्सरजस्ता घातक रोगको उपचार सहज हुने पनि उनले बताए ।

विभिन्न टेलिभिजनमा अन्तरवार्ता लिने क्रममा उनको अनुहार लुकाइएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework