लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अमेरिकाको हवाई प्रान्तमा एकाएक क्षेप्यास्त्र हमलाको सूचना मोबाइलमा आएपछि...

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

वासिंटन, पुस ३० । अमेरिकाको हवाई प्रान्तमा क्षेप्यास्त्र आक्रमणसम्बन्धी गलत सन्देश प्रवाह हुँदा स्थानीयमा त्रास फैलिएको छ ।

हवाई प्रान्तका मोबाइलमा क्षेप्यास्त्र आक्रमणसम्बन्धी गलत सूचना एकाएक प्रवाह भएपछि स्थानीय त्रसित भएका हुन् । सो सन्देशमा मिसाइल आक्रमण हुन लागेकाले घरबाट बाहिर ननिस्कन र बाहिर भए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।

मोबाइल फोनमा एकाएक सन्देश प्रवाह भएपछि स्थानीयहरु आफ्ना बालबालिकालाई च्यापेर घरभित्रै लुकेका थिए । तर त्यसको केही समयमा नै त्यो सन्देश गलत भएको पुष्टि भयो ।

प्रान्तीय सरकारले आफ्ना कर्मचारीले गलत बटन थिच्दा मोबाइलमा गलत सन्देश गएको भन्दै माफी मागेको छ । घटनाबारे अमेरिकी सरकारले अनुसन्धान शुरु गर्ने जनाएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework