लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

दिल्ली डेयरडेभिल्सको खराब लय जारी, कोलकातासँग ७१ रनले पराजित

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, बैशाख ४ । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब लय जारी छ ।

काठमाडौं, बैशाख ४ । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब लय जारी छ ।

गएराति भएको खेलमा दिल्लीलाई कोलकाता नाईट राईडर्सले ७१ रनले हरायो ।

कोलकाताको इडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय रन जोड्यो ।

कोलकाताका लागि नितिश रानाले ५९ रन तथा आन्द्रे रसेलले १२ बलमा ४१ रन जोडे ।

जवाफमा २ सय १ रनको लक्ष्य पछ्याएको दिल्ली १५ औं ओभरमा १ सय २९ रनमै अलआउट भयो ।

दिल्लीका ग्लेन म्याक्सवेलले ४७ रन तथा रिसभ पन्तले ४१ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

दिल्लीलाई सस्तैमा समेट्न कोलकाताका सुनिल नारेन र कुलदिप यादवले ३/३ विकेट लिए । जितसँगै कोलकाता अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

चार खेलमा कोलकाताको यो दोस्रो जित हो भने दिल्लीको यो तेस्रो हार ।

आईपिएल क्रिकेटमा आज राति मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework