लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

फ्रेन्च फुटबल लिगको उपाधि पिएसजीले जित्यो

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, बैशाख ३ । यस वर्षको फ्रेन्च फुटबल लिगको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।

काठमाडौं, बैशाख ३ । यस वर्षको फ्रेन्च फुटबल लिगको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।

फ्रान्सको शिर्ष डिभिजनको लिग फुटबल प्रतियोगिता लिगा उन अन्तर्गत गएरातीको खेलमा साविक विजेता मोनाकोलाई ७-१ ले हराँउदै पिएसजीले उपाधि फर्काएको हो ।

गएरातीको खेलमा पिएसजीलाई फराकिलो जित दिलाउन एन्जल डि मारिया र जियोभानी लो सेल्सोले २-२ गोल गर्दा एडिन्सन काभानी र जुलियन ड्राक्सलरले एक एक गोल गरे ।

मोनाकोका फाल्काओले एक आत्माघाति गोल गरेका थिए । साविक विजेता मोनाकोका लागि भने रोनी लोप्सले एक सान्तोना गोल गरे ।

यो जितसँगै पिएसजीले लिगमा ५ खेल मात्रै बाँकी छँदा अंक तालिकामा दोस्रो स्थानको मोनाकोसँग १७ अंकको अग्रता लिएको छ ।

पिएसजीको यो उपाधि फ्रेन्च लिगका उसको सातौं उपाधि हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework