लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

यू-१९ एसिया कप क्रिकेटमा मलेसियामाथि नेपालको शानदार जित

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २८ । अन्डर नाइन्टिन युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसिायालाई ८ विकेटले हराएको छ ।

मलेसियाको क्वालाम्पुरमा वर्षा भएपछि २४ ओभरमा घटाईएको खेलमा नेपालले पाएको ४६ रनको सामान्य लक्ष्य ५ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालको जितमा अनिल साहको अविजित २६ रन महत्वपूर्ण रह्यो । १५ बल सामना गरेका साहले ३ छक्का र एक चौका प्रहार गरे । यसैगरी १२ रन जोडेका कप्तान दिपेन्द्र सिंह ऐरीले दुई छक्का प्रहार गरे ।

वर्षाले झण्डै ५ घण्टा ढिलो सुरु भएको खेलमा आयोजक मलेसियाले टस हारेर पहिले व्याटिङ गरेको थियो ।

१५ ओभर ३ बल मात्रै क्रिजमा टिकेको मलेसियालाई ४५ रनमै समेट्न नेपालका सन्दिप लामिछानेले ५ विकेट लिए । यसैगरी शहाब आलम र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट झारे ।

यही समूहको अर्को खेलमा अहिले भारत र बंगलादेश भिडिरहेका छन् ।

वर्षाको कारण ३२ ओभरमा घटाइएको खेलमा बंगलादेशले जितका लागि १ सय ८८ रनको चुनौती पाएको छ । टस हारेको भारतले पहिले व्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १ सय ८७ रन जोडेको हो ।

यी दुई खेलपछि नै समूह ए बाट अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो हुनेछ । २ खेलबाट ४ अंकसहित बंगलादेश शीर्ष स्थानमा हुँदा एक, एक खेल जितेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework