लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनाङलाई हराउँदै आर्मी खप्तड गोल्डकपको फाइनलमा

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

बिराज रोस्यारा (इमेज): कैलाली, पुस २९ । साविका विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार क्षेत्रीय रंगशाला धनगढीमा भएको पहिलो सेमिफाइनल खेलमा मनाङलाई ३–१ ले स्तब्ध पार्दै आर्मी उपाधिनजिक पुगेको हो ।

आर्मीको जितमा कप्तान भरत खवासले खेलको २३औं, नवयुग श्रेष्ठले ४५औं र सन्तोष तामाङले खेलको ८८औं मिनेटमा एक/एक गोल गरे । नवयुग खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

खेलको ९औं मिनेटमा हेमन गुरुङको गोलमार्फत् मनाङले सुरुआती अग्रता बनाएपनि अग्रतालाई धेरैबेरसम्म जोगाउन सकेन ।

मनाङले सुरुआती अग्रता लिएपनि खेलाडीहरुको कडा परिश्रमका कारण उपाधि होडमा पुग्न सफल भएको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलपछि बताए ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले आयोजकको कमी–कमजोरीका कारण आर्मीसँग पराजित हुनुपरेको प्रतिक्रिया दिए ।

आर्मीले अब उपाधिका लागि आइतबार हुने अर्को सेमिफाइनल खेलको विजेताको सामना गर्नुपर्नेछ ।

फाइनल प्रवेशका लागि आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक सुदूरपश्चिम–११ बीच खेल हुनेछ ।

फाइनल खेल आगामी सोमबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework