लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सन्दीपको अर्को छलाङ, विश्व–११ टिममा रहेर वेस्ट इन्डिजविरुद्ध च्यारिटी खेल खेल्दै

बुधबार, २ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले अर्को फड्को मारेका छन् ।

युवा लेग स्पीनर सन्दीपले आइसीसी विश्व–११ टिममा सम्मिलित भएर क्रिकेट खेल्न पाउने भएका हुन् ।

इंग्ल्यान्डको लर्डसमा वेस्ट इन्डिजविरुद्ध यही जेठ १७ गते विशेष सहयोगका लागि हुने ट्वेन्टी–२० च्यारिटी क्रिकेटमा सन्दीप खेल्ने निश्चित भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले बुधबार जनाएको छ ।

बंगलादेशी स्पीन बलर सकिब अल हसनले व्यक्तिगत कारण जनाउँदै नाम फिर्ता लिएपछि सन्दीपले विश्वमाझ खेल पस्कने सुनौलो अवसर पाएका हुन् ।

सन्दीपले दोस्रोपटक ऐतिहासिक लर्डस् मैदानमा खेल्न पाउने भएका हुन् । पहिलोपटक दुई वर्षअघि सोही मैदानमा मेरिलिबोन क्रिकेट क्लबविरुद्ध खेलेका सन्दीपले एक विकेटसमेत लिएका थिए ।

सन्दीपको विश्व–११ को कप्तानी इंग्लिस कप्तान ओइन मोर्गानले सम्हाल्दैछन् । टिममा पाकिस्तानी पूर्वअलराउन्डर साहिद अफ्रिदी र शोएब मलिकसँगै तमिम इक्बाल, दिनेश कार्तिक, रसिद खान, मिचले म्याक्क्लेघान, हार्दिक पान्डेया, थिसरा पेरेरा र ल्युक रोन्ची रहेका छन् ।

सन्दीपले भारतमा जारी आइपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका छन् । सन्दीपले गत हप्ता रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्ध ‘डेब्यु’ गर्नेक्रममा एक विकेट लिएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework