लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मातातीर्थमा मेला (भिडियो)

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

मीरा बस्नेत/राममान डंगोल (इमेज): काठमाडौं, वैशाख ३ । वैशाख कृष्ण औंसी अर्थात् मातातीर्थ औंसीको अवसरमा काठमाडौंस्थित मातातीर्थमा सोमबार विशेष मेला लाग्यो । मेला भर्न देशभरबाट लाखौं भक्तजन मातातीर्थ पुगे ।

आफ्नो आमालाई माया गर्न वा सम्झन कुनै दिन, मिति या तिथि कुर्नुपर्दैन । तरपनि हिन्दुधर्ममा बेग्लै महत्व बोकेको यो तिथि हो, मातातीर्थ औंसी । आमाकै लागि समर्पित दिन हो यो ।

छोराछोरीहरुले यसदिन आफ्नी आमालाई मीठो–मीठो खानेकुरा खुवाउने र उपहार दिएर आशिर्वाद थाप्ने गर्छन् ।

आमा हुनेहरुले आफ्नी आमाको मुख हेर्ने र आशिर्वाद माग्ने चलन छ भने नहुनेले काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने मातातीर्थमा पुगेर आफ्नी दिवंगत आमाप्रति श्रद्धाभाव चढाउँछन् ।

आमा दिवंगत भएका भक्तजनहरुले तीर्थस्थलमा रहेको कुन्डमा स्नान गरेपछि आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् ।

दिवंगत माताको स्मरणमा कुन्डमा स्नान गरी पवित्र मनका साथ तर्पण गरेर पोखरीमा हेरेमा जन्मदिने माताको स्वरुपको दर्शन पाइने जनविश्वास पनि छ ।

त्यहाँ गर्ने कर्मकान्डबाट मृतात्माले मोक्ष पाउने र सन्तानले जीवनभर सुख–सन्तोष पाउने विश्वास पनि छ ।

देशभरबाट मातातीर्थ पुग्नेको लक्ष्य एउटै थियो, धर्ती देखाउने आफ्नी आमाको स्मरणमा गच्छेअनुसार केही न केही गर्ने ।

तीर्थस्थलमा रहेका पुजारी पनि यसदिन दिवंगत आमाको सम्झनामा दान, श्राद्ध गरे मृतात्माले मुक्ति पाउने बताउँछन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework