लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सिन्धुलीमा खेतीयोग्य जग्गाहरु प्लटिङ हुँदा उत्पादनमा कमी

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

सिन्धुली, वैशाख ३ । केही समययता सिन्धुली जिल्लाको मरिण र कमलाखाेंच क्षेत्रका उर्वरा खेतीयोग्य जमिनमा प्लटिङ गरी तीव्रगतिमा घर निर्माण गर्नेक्रम बढेपछि अन्नबाली उत्पादन शून्य हुँदै जान थालेको छ ।

सिन्धुलीका सातओटा स्थानीय तहका मुकामस्थललगायतका मुख्य खेतीयोग्य उर्वर भूमिमा प्लटिङ गरी दिनदिनै पक्की घर निर्माण गर्नेक्रम बढेपछि खेती हुने जमिन मासिँदै गएका हुन् ।

धान, मकैजस्ता अन्नबालीका लागि उर्वर भूमि मानिएको जमिनलाई प्लटिङ गरी घर–घडेरीका लागि प्लटिङ गरी किनबेच गर्दा जमिन बाँझै रहने र खाद्यान्न उत्पादनमा कमी आउन थालेको हो ।

कमलाखोंच र मरिण क्षेत्रको करिब २०० हेक्टर खेतीयोग्य जग्गामध्ये १०० हेक्टर क्षेत्रफलमा घर, आवासलगायतका भौतिक संरचना बनाइएका छन् भने चक्ला जमिन खन्डीकरण भएका छन् ।

२० वर्ष अघिसम्म सिन्धुलीमा उत्पादित धान, मकै, गहुँ र दलहनजस्ता खाद्यान्नले सिन्धुली र रामेछापको खाद्यान्न आपूर्ति गर्दथ्यो । तर, खेतीयोग्य जमिन प्लटिङमा परिणत गरिएपछि सिन्धुली आफैंलाई पुग्न धौ–धौ हुने अवस्था सिर्जना भएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework