लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सलमानले जमानत पाएनन्, आज पनि जेलमै बस्नुपर्ने

शुक्रबार, २३ चैत, २०७४ मा प्रकाशित,

जोधपुर, चैत २३ । हरिण सिकार मामलामा अदालतबाट दोषी ठहर भई पाँच वर्षको जेल सजाय पाएका बलिउड अभिनेता सलमान खान जमानतबाट रिहा हुने प्रयासमा रहे पनि शुक्रबार उनको प्रयास सफल हुन सकेन ।

जोधपुरको जिल्लासत्र न्यायालयमा सलमानले जमानतमा रिहाईका लागि अपिल गरेका छन् । शुक्रबार अदालतले उनको निवेदनमा सुनुवाइ गरे पनि फैसला दिएको छैन । तल्लो अदालतबाट आउनुपर्ने कागजात नआएका कारण जमानतमाथि फैसला नभएको बताइएको छ ।

सलमान खानको तर्फबाट उनका वकिल महेश बोडाले जमानतका लागि निवेदन दिएका छन् । न्यायाधीशले दुवै पक्षलाई यस मामलामा सबै दस्तावेज उपलब्ध गराउन आदेश दिएका छन् ।

यसअघि बिहीबार उनलाई अदालतले हरिण सिकारमा दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय तोकेको थियो । अदालतको फैसला लगत्तै उनलाई जेलमा राखिएको छ । उनी सो फैसलाविरुद्ध अपिलको तयारीमा छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework