लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विराटनगरमा भारतीय दूतावासको सम्पर्क कार्यालय नजिकै बम विस्फोट

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

विराटनगर, बैशाख ४ । विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी अज्ञात समूहले गएराति बम विष्फोट गराएको छ ।

विराटनगर, बैशाख ४ । विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी अज्ञात समूहले गएराति बम विष्फोट गराएको छ ।

दूतावासको वाहिरी हातामा बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले गएराति सम्पर्क कार्यालयमा लक्षित गरी बम विष्फोट भएको जानकारी दिए ।

बम विस्फोट हुँदा दूतावासको सम्पर्क कार्यालयको पर्खालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । बम विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।

घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको हात रहेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework