लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘बिहीबार एमाले–माओवादी एकता’

बुधबार, २ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २ । नेकपा माओवादी केन्द्रले बिहीबार (भोलि) नेकपा एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बुधबार साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष दाहालले पार्टी एकताबारे रिपोटिङ गरेका थिए ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन्–‘पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको छ ।’

पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उनले जानकारी दिइन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework