लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मह उत्पादनबाट वार्षिक लाखौं आम्दानी

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

लक्ष्मीप्रसाद सापकोटा (इमेज): पर्वत, पुस २९ । परिश्रम र मिहिनेत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पर्वतका एक किसानले दिएका छन् ।

पर्वत, मोदी–२ देउपुरस्थित कोरुंगाका टीकाराम तिमिल्सिनाले डेढ दशकदेखि व्यावसायिक माहुरीपालन गरेर वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका हुन् ।

उनको घरमा अहिले ६२ ओटा माहुरीका घार छन् भने सिजनमा १०० भन्दा बढी घार हुने गरेका छन् ।

एपी सेरेना जातको माहुरी पालेका तिमिल्सिनाले यो व्यवसायबाटै राम्रो आम्दानी गर्न सफल भएको बताए ।

तिमिल्सिनाले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन् । २०५७ सालबाट व्यावसायिक माहुरीपालन गर्न थालेका कृषक तिमिल्सिनाको मुख्य आम्दानीको स्रोत यही हो ।

उनले उत्पादन गरेको मह घरबाटै बिक्री हुने गरेको छ । ग्राहक घरमै मह किन्न आउने हुँदा बजारकोसमेत समस्या नरहेको उनी बताउँछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework