लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नयनराजले ल्याए ‘यार’

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २९ । आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’को शनिबार लोकार्पण गरियो ।

लेखकका साहित्यिक मित्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराईले संस्मरणात्मक निबन्ध ‘यार’को संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

आफ्ना जीवनयात्रामा साथीसँगका रोचक र विशेष अनुभूति समेटिएको सो पुस्तकमा २५ निबन्ध छन् ।

पुस्तकमाथि समीक्षात्मक मन्तव्य नभई लेखकसँगको अन्तर्वार्ता प्रस्तुत गरेर नयाँ शैलीमा आयोजित सो कार्यक्रममा लेखकको हस्ताक्षरबाट पुस्तक लिन पाठकहरुको भीड देखिन्थ्यो ।

पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको हो । पाण्डेका यसअघि ‘उलार’, ‘लु’, ‘सल्लिपीर’, ‘घामकिरी’, ‘निदाएँ जगदम्बा’ आदि कृति लोकप्रिय छन् । रासस

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework