लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अनुदित कृति ‘सङ्स अफ स्वालोज’ सार्वजनिक, हिङ्माङको एकल चित्रकला प्रदर्शनी

शुक्रबार, १७ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक १७ । साहित्यकार एसपी कोइरालाको कवितासंग्रह ‘गौँथलीहरुको गीत’को अनुदित कृति ‘सङ्स अफ स्वालोज’ शुक्रबार सार्वजनिक गरिएको छ ।

सिर्जनात्मक महिला समूहले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कविता संग्रह ‘गौँथलीहरुको गीत’ को अनुदित कृति ‘सङ्स अफ स्वालोज’ लोकार्पण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले सोही अवसरमा कलाकार अरुणा हिङ्माङको एकल चित्रकला प्रदर्शनीको पनि शुभारम्भ गरिन् । कलाकार हिङमाङले साहित्यकार कोइरालाका कविताका शीर्षकअनुसार चित्र बनाएकी छन् ।

हिङ्माङको चित्रहरु पुस्तकमा पनि समावेश गरिएको छ । यिनै चित्र प्रदर्शनीमा राखिएको हो । कलाकार हिङमाङको यो चौथो एकल चित्रकला प्रदर्शनी हो ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले विदेशीको नक्कल गरेर नभई नेपाली मौलिकपनका कृतिको रचना सिर्जना गरेर नेपाली साहित्यलाई विश्व जगतमा फैलाउन सकिने धारणा राखे ।

यस्तै, साहित्यकार कोइरालाले मन दुःखेका बेला आउने भावनालाई ‘गौँथलीका गीत’मा समावेश गरेको जानकारी दिए । उनको यो चौथो कृति हो । प्रशासनिक सेवामा २५ वर्ष काम गरेका पूर्वसचिव कोइराला खिलराज रेग्मीको सरकारमा अर्थमन्त्रीसमेत भएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework