लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पति जेलमा रहे पनि गर्भवती भएर सन्तान जन्माउँछन् यहाँका महिला

बिहीबार, २४ फागुन, २०७४ मा प्रकाशित,

इजरायल, फागुन २४ । इजरायली जेलमा हजारौं प्यालेस्टिनी नागरिक छन् । लामो जेल जीवनको सजाय भोगिरहेका प्यालेस्टिनीहरु आफ्नी पत्नी गर्भवती भएको र सन्तान जन्माएको खबर जेलमै सुनेर दंग परिरहेका हुन्छन् ।

पति जेलमा रहेकै समयमा कसरी घरमा गर्भवती हुन्छन् पत्नी ? जिज्ञासा जाग्नु स्वाभाविक पनि हो । पति जेलमा रहेका महिलाले आफ्नै पतिको बीर्यबाट गर्भधारण गरेका हुन्छन् ।

इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनीका परिवारलाई दुई हप्तामा एक पटक जेलमै भेटघाटका लागि समय दिइन्छ । ४५ मिनेटको उक्त समयभित्र पतिले सन्तानको चाहना पुरा गर्न लुकिछिपी बीर्य उपलब्ध गराउँछन् ।

त्यसो त, कानूनअनुसार बीर्यदानका लागि केही प्रावधान पनि छन् । तर त्यस्तो प्रक्रिया धेरै झन्झटिलो भएका कारण भेटघाटको समयमा लुकिछिपी बीर्य हासिल गर्ने प्रक्रिया बढेको छ ।

लामो समयका लागि जेल सजाय भएका तर सन्तान नभएकाहरुको हकमा विधिवत रुपमै पत्नीलाई बीर्य दान गर्न सकिने प्रावधान छ । यसका लागि पति–पत्नीका साथसाथै परिवारले पनि कागजी प्रक्रिया पुरा गर्नु पर्दछ । यो प्रक्रियाका लागि साक्षीको पनि आवश्यकता पर्दछ ।

चोरीका माध्यमबाट होस् या विधिवत रुपमा पतिको बीर्य हासिल गरिसकेपछि त्यस्ता महिलाले गर्भाधान क्लिनिकमा गएर ‘आइभीएफ’ प्रविधिबाट गर्भाधान गरी सन्तान जन्माउने गर्दछन् ।

तीन वर्षको अवधिमा ३२ बालबालिका यसरी जन्मिएका छन् । विधिवत रुपमा बीर्य दान गरी जन्माइएकाको तुलनामा जेल प्रशासनको आँखा छलेर लुकिछिपी बीर्य हासिल गरी जन्माइएका सन्तानको संख्या बढ्दैछ । लुकिछिपी बीर्य ल्याएर जन्माइएका सन्तानको भविष्य अन्योलमै छ । जेलमा रहेका ती कैदीको सन्तानलाई इजरायली कानूनले चिन्दैन ।

परिणामस्वरुप त्यस्ता बालबालिकाले जेलमा रहेका आफ्ना पितालाई भेट्न पाउने छैनन् । उनीहरुका लागि आधिकारिक दस्तावेज, यात्रा अनुमतिलगायतका कागजात हासिल गर्न निकै चुनौती सामना गर्नुपर्ने हुन्छ । –एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework