लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

विदेशमा रहेका नेपाली २४ सै घन्टा नेपालकै लागि खटिरहेका छन् : भवन भट्ट (भिडियो अन्तरवार्ता)

बुधबार, २५ असोज, २०७४ मा प्रकाशित,

हरेक दुई बर्षमा दशैं–तिहारसँगै गैर आवासीय नेपाली संघ(एनआरएनए)को अधिवेशनको माहोल पनि तात्छ । एनआरएनएका प्रतिनिधिहरु नेपाल आउँछन् र सपनाहरु बाड्छन् । यतिबेला एनआरएनएको नयाँ नेतृत्वका लागि दौडधुप सुरु भइसकेको छ । नयाँ नयाँ सपनाहरु बाडन् थालिएको छ ।

नेपाल आउँदा एनआरएनएका प्रतिनिधीहरुले देश विकासका अनेक सपनाहरु बाँड्छन् । यद्यपी, ती सपनाहरु पूरा हुन सक्दैन् । पछिल्लो समयमा एनआरएनएको विश्वास केही खस्कदैं गएको अनुमान गरिएको छ । एनआरएनप्रति आम नेपालीको आशा, भरोसा र विश्वास रहेपनि धेरै उद्देश्यहरु अझै पुरा हुन सकिरहेका छैनन् । यतिबेला नयाँ नेतृत्वका लागि एनआरएनएका लागि दुई पटक उपाध्यक्ष भइसकेका भवन भट्ट अध्यक्षका लागि चुनावी दौडमा छन् । भट्टसँग इमेज च्यानलको ‘हटसीट’का लागि जगदिश खरेलसँग गरिएको कुराकानी अंश:

एनआरएनएका सदस्यहरुले बाँडेका सपनाहरु पूरा नभएकै हुन् ?

यसलाई कसरी बुझ्ने । म त एकदम सकरात्मक मान्छे हुँ । हामी विदेशमा संघर्ष गरिरहेका नेपाली हौं । एनआरएनए मार्फत विश्वभरका नेपाली एकजुट हुने प्रयासमा छौं । देशका लागि केही गरौं भन्ने उद्देश्य बोकेर अघि बढीरहेका छौं । ‘फर नेपाली, बाइ नेपाली’ अभियानमा छौं । हामी कमजोर मुलुकका नागरिक भएकाले संघर्ष गर्दै एकजुट भएर अघि बढीरहेका छौं ।

तपाईलाई के लाग्छ एनआरएनएले मुलुकका लागि जति काम गर्ने भनेको थियो, त्यो पूरा भएको छ ?

छैन पुरा भएको । हाम्रो आन्तरिक संयन्त्र मजबुद बन्न सकिरहेको छैन् । यसकै विकासका लागि हामी अघि बढीरहेका छौं । एनआरएनए स्थापना हुँदा लिएको उदेश्य बर्तमान परिस्थिती अनुसार पूरा गर्ने अभियानमै छौं ।

नेपालमा लगानी गर्न कत्तिको सुरक्षित छ ?

यसमा दुईवटा कुरा आउँछ । जोखिम र अवसर दुवै छ । लगानी गर्नु आवश्यक छ । जोखिम मोलेर फाइदा लिन सक्नुपर्छ ।

एनआरएनएका लागि सरकारको सहयोग कस्तो छ ?

सरकारले सहयोग गर्न खोजिरहेको छ तर हाम्रो नीति अलिक पुरानै भएकाले यसका लागि केही परिवर्तन गर्नुपर्ने भएको छ । मुलुक राजनीतिक परिवर्तनमा अघि बढीरहेकाले केही समस्याहरु देखिएका छन् ।

एनआरएनएबाट धेरै अपेक्षा नगरेर ठिक्क मात्र अपेक्षा गर्दा कस्तो होला ?

हामी दुई बर्षमा एकपटक आएर देखाएको सक्रियतालाई मात्र नियालिन्छ । हाम्रो कस्तो संयत्र छ भने हाम्रो प्रत्येक देशमा एनसीसी छ । अर्को आइसीसी नेपालमा मात्र छ । यी मध्ये एनसीसी अत्यन्तै ब्यस्त छ । एनसीसीमार्फत विदेशमा रहेका प्रत्येक नेपाली २४ घन्टा नेपालकै लागि दौडिरहेका छन् । ३६५ दिन नै सक्रिय भएर लागिरहेका छन् ।

तपाई धेरै ब्यस्त ब्यवसायी भएकाले अध्यक्ष भएर एनआरएनए हाँक्न सक्दैन, भ्याउदैन भन्दैछन नी ?

१५ बर्षदेखि एनआरएनएमा खटिरहेको छु । दुई बर्ष सक्रिय हुन मलाई के आपत्ति ? नेतृत्वमा पुग्ने सधैं मौका आउँदैन । त्यसैले दृढ विश्वासका साथ सक्रिय हुनैपर्छ । दिल, बचन र कर्मले खट्नै पर्छ । कुनै कमजोरी छाडेर जाँदिन ।

तपाईले लगानी गर्नुभएको बीबी एयरवेज, सुरुङ मार्गलगायतका काम सफल भएनन् । अब एनआरएनएको नेतृत्व कसरी सफल होला ?

यी लगानीमा चुनौति थियो । असफल चाहिं भएको छैन् । मेरो जापानमा शेर्पा भन्ने रेस्टुरेन्ट थियो तर त्यो डुब्यो । त्यो डुबेकै कारण मैले अरु तीनसय रेस्टुरेन्ट चलाइरहेको छु । ब्यावसायका क्रममा सिक्दै जाने हो, चुनौति मोल्ने हो । म हारेको छैन ।

अध्यक्षमा तपाईको उम्मेदवारी के का लागि हो ?

एनआरएनएसँग नेपालीको धेरै अपेक्षा छ । मुलुकले धेरै आशा राखेको छ । ती आशा र अपेक्षाहरु पूरा गर्न मेरो उम्मेदवारी हो । म कुनै पार्टी र बर्गको उम्मेदवार होइन सबैको साझा उम्मेदवार हुँ ।

तपाई अध्यक्ष भएपछि के गर्नुहुन्छ ?

एनसीसी र आइसीसीबीचको निकटता बढाउँदै मुलुकको समृद्धिका लागि जुटछु । यतिबेला संचालनमा रहेका परियोजनाहरु पूरा गराएरै छाडछु । न्यून लगानी गर्न चाहने ब्यवसायीहरुलाई अभिप्रेरित गर्नेछु । नेपालमा लागि एकजुट हुने अवसर सिर्जना गर्दछु । नेपाल र नेपालीका निम्ती एकता कायम गर्दै अघि बढ्छु ।

पूरा भिडियो हेर्न र सुन्न यहाँ क्लिक गर्नुहोस

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework