लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

उत्तर कोरिया र दक्षिण कोरियाबीचको बार्ता रद्द

बुधबार, २ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २ । उत्तर कोरिया र दक्षिण कोरियाबीच आज हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले रद्द गरेको छ ।

उत्तर कोरियाली नेता किम जोन उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै त्यसप्रति असन्तुष्टी जनाउँदै वार्ता रद्द गरेको उत्तरकोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

यी दुई राष्ट्रबीच पनमुनजोममा आज उच्चस्तरीय वार्ता गरी विगतमा दक्षिण र उत्तर कोरियाका दुई नेताबीच भएको ऐतिहासिक वार्ताका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्ने योजना थियो ।

उत्तर कोरियाको यो निर्णयले आगामी जुन १२ मा अमेरिकासँग हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ ।

अमेरिका र दक्षिण कोरियाले गत शुक्रबार मात्रै बी ५२ बमबर्षक विमान र एफ १५ जेट विमानका साथमा एक सय लडाकु विमान तैनाथ गरेको थियो ।

उत्तर कोरियाको यो निर्णयप्रति दक्षिण कोरियाको कुनै प्रतिक्रिया आएको छैन । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework