लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सिरियाको डुमामा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमण गर्न अनुमति

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, बैशाख ४ । रुसले सिरियामा रासायनिक आक्रमण गरेको भनिएको डुमा शहरमा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमणको अनुमति दिने भएको छ ।

काठमाडौं, बैशाख ४ । रुसले सिरियामा रासायनिक आक्रमण गरेको भनिएको डुमा शहरमा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमणको अनुमति दिने भएको छ ।

गत शनिबारदेखि अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल विपन्स्को नौ सदस्यीय टोली राजधानी दमास्कसमा रहे पनि उसलाई डुमा जाने अनुमति दिइएको थिएन ।

उनीहरु भोलि डुमामा पुग्दा रासायनिक आक्रमण गरिएको ११ दिन पुग्नेछ ।

तर रुसी विदेश मन्त्री सर्गेइ ल्याभरोभले आक्रमण गरिएको स्थलमा सबुत मेटाउने कुनै काम नभएको ग्यारेन्टी दिने बताउनुभएको छ ।

अमेरिका र बेलायतले प्रमाण मेटाउने काममा सिरियालाई रुसले सहयोग गरिरहेको आरोप लगाएका छन् ।

डुमाका गराइएको रासायनिक आक्रमणको जवाफमा अमेरिका, बेलायत र फ्रान्सको गठबन्धनले सिरियाको रासायनिक अस्त्र भण्डारमा आक्रमण गरेका थिए ।

सिरिया र उसको सहयोगी रुसले रासायनिक आक्रमण नगरेको दाबी गरेका छन् ।

अप्रिल ७ मा डुमामा रासायनिक आक्रमण गरिएको समय उक्त क्षेत्र विद्रोहीको नियन्त्रणमा थियो । तर अहिले सिरियाली सरकार र रुसी सेनाको नियन्त्रणमा छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework