लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

मुम्बईमा अन्डरवर्ल्ड डन दाउदको सम्पत्ति लिलामी, कराँचीबाट मोदी सरकारलाई चुनौती

बुधबार, २९ कार्तिक, २०७४ मा प्रकाशित,

मुम्बई, कात्तिक २९ । अन्डरवर्ल्ड डन दाउद इब्राहिमको मुम्बईस्थित अचल सम्पत्ति लिलाम गरिएको छ । सम्पत्ति लिलाम भएलगत्तै दाउदका एक सहयोगीले फोनमार्फत भारतका एक पत्रकारलाई कडा प्रतिक्रिया दिएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार दाउदका तीन अचल सम्पत्ति लिलाम गरिएको हो । मंगलबार बिहान दाउदको रौनक अफरोज होटल, डाबरवाला बिल्डिङ र शबनम गेस्ट हाउस लिलाम बिक्री गरिएको हो ।

मंगलबार नै पाकिस्तानको कराँचीबाट दाउदका सहयोगीले भारतीय टेलिभिजन च्यानल ‘आजतक’का संवाददाता विरेन्द्र सिंहलाई फोन गरी भारतले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् । उनले सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटलाई नभुल्न पनि चेतावनी दिएका छन् । धम्की दिने व्यक्तिले आफ्नो नाम उस्मान बताएका छन् । उनले मोदी सरकारसँग दाउद नडराउने पनि प्रष्ट पारेका छन् ।

भारतले दाउदलाई सर्वाधिक खोजीको सूचीमा राखेको छ । उनीविरुद्ध विभिन्न आपराधिक मुद्दा छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework