लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रुकुममा औषधिको अभाव, औषधि खरिदमै लापरबाही

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

रुकुम, बैशाख ४ । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ ।

रुकुम, बैशाख ४ । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयदेखि ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा पनि समेत औषधिको अभाव भएको हो ।

सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि बिरामीहरु निजी स्वास्थ्य संस्थाबाट महंगोमा औषधि खरिद गर्न बाध्य भएका छन् ।

सरकारले ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि स्थानीय तहले औषधि खरिदमा लापरबाही गरेकाले अभाव भएको स्थानीयको भनाइ छ ।

क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा अभाव भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयमा कुनै पनि प्रकारका औषधि नपाइएको बिरामीले गुनासो गरेका छन् ।

तर अस्पताल विकास समितिले भने स्थानीय तहको निर्वाचनपछि स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा खरिदमा समस्या भएको जनाएको छ ।

रुकुम पश्चिममा एक जिल्ला अस्पताल, ४१ स्वास्थ्य चौकी र दुई प्राथमिक उपचार केन्द्र छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework