लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

फेसबुकका २ करोड प्रयोगकर्ता ‘एकल’, जोडी छान्न फेसबुकले नै मद्दत गरिदिने !

बुधबार, १९ बैशाख, २०७५ मा प्रकाशित,

क्यालिफोर्निया, वैशाख १९ । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ ।

क्यालिफोर्निया, वैशाख १९ । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ ।

फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएको तथ्य प्रकाशमा आएपछि फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकलाई अझ सुरक्षित र विश्वसनीय बनाउन विभिन्न कदम उठाएका छन् ।

यसअतिरिक्त फेसबुकको लोकप्रियता बढाउन प्रयोगकर्ताहरुको चाहना र सुविधालाई समेत ध्यान दिएर आवश्यक परिमार्जन भइरहेको उनको भनाइ छ ।

क्यालिफोर्नियामा मंगलबार आयोजित वार्षिक सम्मेलनमा उनले ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा थप्न लागेको जानकारी गराए ।

जुकरवर्गका अनुसार फेसबुकका करिब २ करोड प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा वैवाहिक अवस्था ‘एकल’ लेखेका छन् । उनीहरुलाई जोडी बाँध्न मद्दत गर्ने उद्देश्यकले फेसबुकले नयाँ फिचर्स ल्याउन लागेको छ । ‘डेटिङ सर्भिस’ चाँडै प्रयोगमा ल्याइने जुकरवर्गले बताए । ‘एकल अवस्थामा रहेका प्रयोगकर्ताले आफ्ना लागि योग्य साथी छान्न सकुन् भनेर यस्तो सुधार गर्न लागिएको हो,’ उनले भने ।

त्यस्तै इन्टाग्राममा अब भिडियो च्याट र केही नयाँ फिल्टर्स सामेल गरिने उनले बताए ।  (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework