लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सलमान खानले पाए जमानत

शनिबार, २४ चैत, २०७४ मा प्रकाशित,

काठमाडौं, चैत २४ । कालो हरिणको शिकार गरेको अभियोगमा पाँच वर्षको जेल सजाय पाएका बलिउड अभिनेता सलमान खानलाई शनिबार ‘जमानत’ मिलेको छ ।

उनले ५० हजार भारतीय रुपैयाँको मुचुल्का भर्नुपर्नेछ । उनी दुई दिनदेखि जोधपुरस्थित सेन्ट्रल जेलमा छन् । उनी शनिबार साँझसम्म जेलबाट निस्कनसक्ने जनाइएको छ ।

सन् १९९८ मा राजस्थानमा ‘हम साथ साथ हे’ फिल्म सुटिङकाक्रममा जोधपुरमा सलमानको टोलीले संरक्षित जनावर कालो हरिण मारेको अभियोग लगाइएको थियो । सलमानले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

सोही फिल्मको छायांकनकाक्रममा सलमानसँगै रहेका अभिनेता सैफअली खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बु र नीलमविरुद्ध पनि मुद्दा लगाइएपनि उनीहरुलाई निर्दोष ठहर गरिएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework