लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

जापानमा सोनाम ल्होसारका अवसरमा सांगीतिक कार्यक्रम हुने

शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २८ । आउँदो जनवरी १४ तारिख आइतबार नेपाल तामाङ समाज च्यूबु छेत्रिय नागोया जापानले सोनाम ल्होछारका अवसरमा बृहत सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

२८५४ औं सोनाम ल्होछार (खि ल्हो) नागोया कोकुसाइ सेन्टरमा सांस्कृतिक कार्यक्रमका साथ मनाउने तयारी गरेको हो ।

कार्यक्रममा इडिएम राजिव लामा, सेलो गायक कर्म दोङ तामाङ र छबि तामाङले बेजोड प्रस्तुती दिनेछन् ।

त्यस्तै थ्री ब्रदर्स ब्यान्ड, शान्ती लामा र समीर लामाको युगल नृत्य समेत रहने आयोजकले जनाएको छ ।

कमस्यो घले, लस्मिता तामाङ, मार्सङ तामाङ, विश्व लामा, पूर्ण लामा, टाशी लामाको पनि प्रस्तुती रहने छ ।

कलाकारहरु रोजगारको शिलशिलामा जापानमै बस्दै आइरहेको छन् । कार्यक्रममा सहभागी भइदिन आयोजकले आग्रह गरेको छ ।

राजिव लामा बिगत तीन बर्ष अघि देखि म्यूज़िक भिडियो यूटूब मार्फ़त ‘जाऊँ जाऊँ साथी रैलैमा’ र ‘वन लव’ बोलको गीत बजारमा ल्याइसकेका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework