लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

११ करोड पाए वर्षमा एउटामात्र फिल्म खेल्छु : प्रियंका कार्की

मंगलबार, २५ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २५ । पछिल्लो समय चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा निकै व्यस्त भएकी अभिनेत्री प्रियंका कार्कीलाई एउटै आरोप लाग्ने गरेको छ ।

यसै हप्ता चलचित्र ‘लिलिबिलि’ छायाकंन सकिएर नेपाल फर्किएकी अभिनेत्री कार्की किन सँधै एउटै भुमिकामा ? भन्ने आरोप स्वीकार गर्दिनन् । उनी भन्छिन्, ‘मैले सँधै एकैखालको भुमिकामा अभिनय गरेको छैन्, मेरा लागि हरेक फिल्म र त्यसभित्रका पात्र नयाँ लाग्छन् । ती पात्रहरुमा भिजेर अभिनय गर्दा चुनौतीहरु पनि त्यत्तिकै हुन्छन् ।’

यसै वर्षमात्र उनी अभिनित आधा दर्जनभन्दा बढी चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् भने केहि प्रदर्शनको तयारीमा छन् । तर, सबै चलचित्रहरुमा एकैखाले भुमिकामा देखिएको आरोप उनीमाथि लाग्ने गरेका छन् ।

उनले आफू फरक भुमिकामा देखिएको छु भन्दै प्रदर्शनको तयारीमा लागेको चलचित्र ‘बटरफ्लाई’को उदाहरण पेस गरिन् । उनी भन्छिन्, ‘मैले ‘बटरफ्लाई’ मा मन लागेको फरक भुमिकामा काम गर्ने मौका पाएको छु ।’ उनी थप्छिन्, ‘पहिलोपटक म आँफै स्वयमलाई ‘बटरफ्लाई’मा उतारेको छु ।’

आफूलाई चलचित्र क्षेत्रमै स्थापीत गर्न अन्य कुनै पेशा नअंगालेको बताउने कार्कीले अभिनयमै रमाइरहेको बताइन् । उनले भनिन्, ‘एउटा चलचित्रबाट ११ करोड पारिश्रमिक पाए वर्षमा एउटामात्रै चलचित्रमा अभिनय गर्छु ।’ तर, उनले आफूले पाएको पारिश्रमिकबाट सन्तुष्ट रहेको बताइन् ।

आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’लाई केन्द्रिय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको छ । निर्देशक ओमप्रतिक गुरुङले चलचित्र ‘बटरफ्लाई’ १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा बसेर हेर्न सकिने बताए ।

सम्बन्धित समाचार

‘बटरफ्लाई’ मायामा आर्यनसँग प्रियंकाको रोमान्स (भिडियो)

चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक (भिडियो)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework