लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

निर्बाचनमा खटिने कर्मचारीको छनोट गोलाप्रथाबाट

बुधबार, २९ कार्तिक, २०७४ मा प्रकाशित,

दोलखा, कात्तिक २९ । आसन्न निर्वाचन गराउन दोलखाका विभिन्न मतदान केन्द्रमा खटिने कर्मचारी गोलाप्रथाबाट छनोट गरिएको छ ।

निर्वाचन आयोगको निर्देशनअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले गोलाप्रथा गरी कर्मचारी छनोट गरेको हो ।

यसअघिको निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफूखुशी कर्मचारी परिचालन गर्दै आएकोमा आयोगको लिखित निर्देशनपछि गोलाप्रथा गरी छनोट गरिएको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए ।

दोलखामा १ हजार ५ सय १३ जना कर्मचारी निर्वाचनमा खटिने भएका छन् ।

त्यसमध्ये मतदान केन्द्र, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथामार्फत छनोट गरिएको सहायक मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए । दोलखामा ९४ मतदानस्थल र १ सय ९० मतदान केन्द्र निर्धारण गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework