लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

करेन्ट लागेर एकजनाको मृत्यु, ७ जना घाईते

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

नवराज छत्कुली/ धादिङ, वैशाख ४ । धादिङको थाक्रे गाउँपालिका–११ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

थाक्रेको महेशखोलाको पारीबाट बोरिङ गरी महादेवबेसी बजारतर्फ पानी ल्याउने पाईप झुण्डाउने क्रममा पाईपमा बाँधेको सपोट (आल्मुनियम) को तारले बिजुलीको ११ हजार भोल्टेजको तारमा छुन गई करेन्ट लागेको हो ।

करेन्ट लागेर घाईते भएका झापा घर भएका ६५ वर्षीय निकी तामाङको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लाग्दा थाक्रे ६ बस्ने ३७ वर्षीय धनबहादुर कार्की, १६ वर्षीय निरज कार्की, १० वर्षीय गोपी कुलु, ४० वर्षीय सुरेश पुलु, ४० वर्षीय माईली तामाङ, गौतम तामाङ घाईते भएका छन् ।

घाईतेहरुको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework