लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नवलपरासी-ठूठीबारीका सात वर्षीय बालकको अपहरण, अपहरण आफन्तबाटै

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

नवलपरासी, पुस २९ । नवलपरासीको महेशपुर सीमानामा पर्ने भारत ठूठीबारी बजारका सात बर्षीय बालक अपहरणमा परेका छन् ।

नवलपरासी, पुस २९ । नवलपरासीको महेशपुर सीमानामा पर्ने भारत, ठूठीबारीबजारका सात वर्षीय बालक अपहरणमा परेका छन् ।

कक्षा दुईमा अध्ययनरत् बालक गत बिहीबार स्कुलबाट घर फर्कनेक्रममा अपहरणमा परेका हुन् ।

दुईजना साथीसँग रहेका बब्लु निगमका छोरा मगरु भन्ने आयुसलाई आफन्तले बोलाएर मोटरसाइकलमा लिएर गएको उनका साथीहरुले बताएका छन् ।

परिवाजनले छोरालाई आफन्तले नै अपहरण गरेको दाबी गरेपछि प्रहरीले एक आफन्तलाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धानकाक्रममा आफन्तसहित दुईजना भारतीय र एक महिलासहित तीनजना नेपाली मिलेर अपहरण गरेको खुलेको छ ।

प्रहरीले अपहरणकारीलाई छिट्टै पक्रने जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक मोहन खाँणले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework