लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नक्कली नेपाली रुपैयाँ बनाउने दुईजना भारतीय नागरिक पक्राउ

शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित,

भीमदत्तनगर, पुस २८ । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कन्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई पक्राउ गरेको क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए ।

अभियुक्तहरुको साथबाट रु एक हजारको नोट बनाउन लागि काटेका कागज, विभिन्न केमिकल र मेसिनसमेत ब्यूरोले नियन्त्रणमा लिएको उनले बताए । ‘हामी एक महिनादेखि नक्कली नोट बनाउने गिरोहबाट विशेष निगरानीमा थियौँ ।’

प्रहरी सहायक निरीक्षक जोशीले भने, ‘पक्राउ परेका अभियुक्तहरु लामो समयदेखि भारतमै बसेर नोट बनाउन सक्रिय थिए ।’ उनले विभिन्न उपायबाट अभियुक्तलाई नोट छाप्न भन्दै सीमा क्षेत्रसम्म ल्याइपु¥याउँदै नियन्त्रणमा लिन सफल भएको बताए ।

‘अभियुक्तहरुले भारतकै हिमाञ्चलबाट नक्कली रुपैयाँ बनाउने मेसिन ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखियो ।’ जोशीले भने, ‘नक्कली नोट बनाउन ठूलो गिरोह सक्रिय छ ।’ पक्राउ परेका अभियुक्त र भेटिएका सामानसहित ब्यूरोले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework