लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

हँसिया प्रहार गरी श्रीमतीको ‘हत्या’

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

राजविराज, कात्तिक २८ । सप्तरीको बोदेवरसाइन नगरपालिकामा मंगलबार अपराह्न एक व्यक्तिले आफ्नी श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ ।

बोदेवरसाइन नगरपालिका–३ निवासी जयप्रकाश यादवले अन्दाजी ३८ वर्षीया श्रीमती ललितादेवीको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनका इन्चार्ज प्रहरी नायब निरीक्षक उमाशंकर सिंहले जानकारी दिए ।

मंगलबार बिहान श्रीमान्–श्रीमती दुवैजना घरदेखि पर धानखेतमा धान काट्न गएका बेला श्रीमान्ले श्रीमतीलाई हँसिया प्रहार गरेको बताइएको छ ।

अभियुक्त जयप्रकाशको मानसिक सन्तुलन कहिले–काहीँ ठीक नहुने गरेको स्थानीयवासीको भनाइ छ ।

शवको टाउको र जीउ छुट्टिएको अवस्थामा प्रहरीले फेलापारेको स्थानीयवासीले बताएका छन् ।

अभियुक्त जयप्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुका दुई छोरा र एक छोरी छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework