लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

छोरी-बुहारीलाई दक्ष बनाउन कम्प्युटर शिक्षा

मंगलबार, १८ बैशाख, २०७५ मा प्रकाशित,

विनोद सिंह विष्ट/ बैतडी, वैशाख १८ । बैतडीको ग्रामिण क्षेत्रका छोरी-बुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरीबुहारीलाई कम्प्युटरको पहुँचमा पु¥याउन वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीको ग्रामिण क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको छ ।

संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत एक महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो । युवा महिलाका लागि आधारभुत कम्प्युटर शिक्षा भन्ने मूल नारासहित चैत २० गतेदेखि कक्षा सञ्चालन भएको उक्त संघका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए ।

गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकका गरी २३ महिला कम्प्युटर कक्षामा सहभागी छन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको २ लाख आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भईरहेको संस्थाले जनाएको छ ।

सरकारी सेवा प्रवेश, लोकसेवा आयोग परीक्षाका लागिसमेत कम्प्युटर शिक्षा आवश्यक रहेको तथा छोरीबुहारीलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याउनका लागि कार्यक्रम सञ्चालनमा ल्याईएको संस्थाका अध्यक्ष भट्टले बताए ।

कम्प्युटर शिक्षा आवश्यक र र उपलब्धिमुलक रहेको प्रशिक्षार्थी सिता विष्टले बताइन् । तीन महिनासम्म सञ्चालन हुने आधारभुत कम्प्युटर शिक्षामा दिपेन्द्र कार्कीले प्रशिक्षण दिंदैछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework