लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढ्यो, सुरुमा ४ करोड ५० लाख रुपैंयाँ लगानी

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

जितेन्द्र भण्डारी/ईमेज: पाँचथर, बैशाख ४ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढेको छ ।

हावाबाट विजुली निकाल्न अहिले ठेक्का सम्झौता भएर काम शुरु हुने अवस्थामा पुगेको हो ।

एसियाली विकास बैंकको ऋण सहयोगमा हावाबाट विजली निकाल्ने काम अघि बढ्न लागेको वडा नम्बर–२ का अध्यक्ष सन्तोष शेर्माले जानकारी दिए ।

अहिले ४ करोड ५० लाख रुपैयाँको लागतमा काम अघि बढ्न लागेको छ । यसका लागि टपसन एनर्जी काठमाडौं र कृष्ण ग्रिल कम्पनी जेभीले ठेक्का लिएका छन् ।

सप्तमी सौर्य वायु उर्जा मिनी ग्रिड योजना नाम दिइएको यो आयोजना ६ महिनाभित्र सक्नुपर्ने सम्झौता भएको छ । यसका लागि समुदायले १० प्रतिशत रकम संकलन गर्नुपर्नेछ ।

यो आयोजना सफल भएमा ७० किलोवाट विद्युत् उत्पादन हुने र सप्तमी बजारका १ सय ७ घरधुरी लाभान्वित हुने बताइएको छ ।

अन्य स्थानभन्दा बढी हावा चल्ने सप्तमी बजार डाँडामा यसका लागि टावर समेत निर्माण भइसकेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework