लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

धनकुटामा विमानस्थल निर्माणका लागि विस्तृत सर्वेक्षण सुरु

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

कविराज घिमिरे/ईमेज: धनकुटा, पुस २९ । धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न विस्तृत सर्वेक्षणको काम सुरु भएको छ ।

विमानस्थल निर्माणको चर्चा चलेको पाँच दशक पछि सर्वेक्षणको काम सुरु भए संगै स्थानीय उत्साहित भएका छन् ।

२०२२ सालमा पहिलो पटक विमानस्थल निर्माणको चर्चा चलेको धनकुटाको बेलहारामा ५२ बर्ष पछि विस्तृत सर्वेक्षणको काम सुरु भएको छ ।

संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ ईन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण सुरु गरेका हुन् ।

टोलीले ड्रोनको प्रयोग गरेर पहिलो चरणको अध्ययन गरेको छ । पहिलो चरणमा टोपोग्राफि सर्बे गरी ५० सिट क्षमताको विमान उडान भर्नका लागि १२ सय मिटर लम्बाई र दुईसय मिटर चौडाईको सर्वेक्षण गरी मन्त्रालयमा पेस गर्ने ईन्जिनियर गुरु दत्त अधिकारीले जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा बेलहारा डाँडामा मध्यम स्तरको विमानस्थल निर्माण गर्न उपयुक्त देखिए पछि २०७३ सालमै मन्त्री परिषद बैठकले विमानस्थल बनाउने सैद्धान्तिक सहमति दिए संगै धनकुटामा विमानस्थल निर्माणको बाटो खुलेको थियो ।

यस अघि साना विमानको लागि संर्बेक्षण गरीए पनि स्थानीयले मध्यमस्तरको विमानस्थल निर्माण गर्नुपर्ने माग राखे संगै पुन सर्बेक्षण सुरु भएको हो ।

मध्यमस्तरको विमानस्थल निर्माण गर्दा ४० देखि ५० घर विस्थापित हुन्छन् ।

उनीहरुको पुर्नवासको लागि धनकुटा नगरपालिका सहित धनकुटाका स्थानीय तह, प्रदेस सरकार र केन्द्रिय सरकारसंग पहल गरी ब्यवस्थापन गरिने स्थानीय वडाध्यक्ष सन्दीप रायमाझी बताउँछन् ।

बिमानस्थल सर्वेक्षणको काम संगै स्थानीय समेत हर्षित बनेका छन् । विमानस्थल निर्माणकै लागि आर्थिक बर्ष २०७४/०७५मा अर्थ मन्त्रालयबाट २ करोड रुपैयाँ विनियोजन भएको छ ।

विस्तृत सर्वेक्षणमा धावनमार्ग, पार्किङस्थल, टर्मिनल टावर, स्टाफ क्वाटर, फ्युल स्टेसन र सुरक्षा निकाय पोष्ट समेत समावेस गरी ६ महिना भित्र डिपिआर तयार हुनेछ ।

यो प्रस्तावित विमानस्थल विराटनगर वाट २२ तुम्लिङटारबाट २४ र भोजपुरबाट १७ दशमलव ७४ नटिकलमाईल टाढा रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework