लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन गणना शुरु

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

चितवन, पुस ३० । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन चितवनमा जलपक्षी (पानी चरा) को गणना शुरु भएको छ ।

अवस्था पत्ता लगाइ चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो । चितवनको कुमरोजबाट शनिबारदेखि चरा गणना थालिएको पक्षीविद् तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विंडारीले बताए ।

शनिबार जिन्दगानी घाट, सौराहा घाट बूढी राप्ती, ढुंग्रे खोलामा चरा गणना भएको र आज सौराहाबाट शुरु गरी चितवन निकुञ्जको कसरा पुल, लामिताल, तमोर ताल र गरुड तालमा गणना हुने विंडारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज र वर्ड एजुकेशन सोसाइटी चितवनको अगुवाइमा शुरु भएको गणना कार्यअन्तर्गत सोमबार भने रामसार सूचीमा सूचीकृत बिसहजारी ताल क्षेत्रमा गणना हुने जनाइएको छ । अघिल्लो गणनामा चितवनमा ५४ प्रजातिका जलपक्षी भेटिएको थियो ।

उनका अनुसार चरा गणना कार्य केही दिन चल्नेछ । चितवनमा चराको क्षेत्रमा काम गर्दै आएका ३६ जना स्वयंसेवकले चराको गणना गरिरहेका छन् ।

नेपालको शुक्लाफाँटा र कोशीटप्पुबाट भने पुस २२ बाट गणना शुरु भएको थियो । गणनामा नेपालमा ३०० स्वयंसेवक तथा चरा विज्ञको सहभागिता रहेको चरा पक्षीविद् संघ नेपालकाका प्रमुख डा हेमसागर बरालले जानकारी दिए ।

विगतको अध्ययनमा चराको संख्या भने घट्दो क्रममा रहेको चरा विज्ञले बताएका छन् । डा बरालले चराको संख्या घट्दो क्रममा रहेको भन्दै यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework